Below Menu
Below Menu

पाथीभरा केबलकार विवाद: संघर्षका कार्यक्रमसहित फेरि आन्दोलनको घोषणा

पाथीभरा केबलकार विवाद: संघर्षका कार्यक्रमसहित फेरि आन्दोलनको घोषणा

काठमाडौं : पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ ।

केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन्। 

सरकारसँग भएको वार्ता तथा छलफलबाट कुनै पनि निष्कर्ष ननिस्किएको भन्दै आन्दोलनरत समूहले ७ बुँदे संघर्षका कार्यक्रमसहित आज (माघ २९ गते) बाट पुनः आन्दोलन गर्ने भएका हुन्।

आन्दोलनका कार्यक्रममा माघ २९ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई समूहको कोशी प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने कार्यक्रम छ।

यस्तै फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाओं पदयात्रा’ गर्ने, केवलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने कार्यक्रम छ।

यस्तै काठमाडौं, इटहरी र विर्तामाडमा केबलकार बिरोध सभा गर्ने, केवलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बिरोधपत्र बुुझाउने, पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दुतावासबाट विरोध पत्र पठाउने र अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

Advertisment

थप समाचार