सुनको मूल्य एक लाख ७० हजारमा कारोबार, चाँदी कति ? 

सुनको मूल्य एक लाख ७० हजारमा कारोबार, चाँदी कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार