सुनको मूल्य एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य एकैदिन तोलामा दुई हजार ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार