काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा बढेको आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।