सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा बढेको आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार