काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।