प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार