सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । फागुन ८ गते बिहिबार ५०० रुपैयाँले बढेर एक लाख ७१ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजर ९८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

थप समाचार