काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।