सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा दुई हजार २०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार