Below Menu
Below Menu

ज्योतिपुञ्ज साकोसको सदस्य केन्द्रित कार्यक्रम ‘अग्रजसँग ज्योतिपुञ्ज’

ज्योतिपुञ्ज साकोसको सदस्य केन्द्रित कार्यक्रम ‘अग्रजसँग ज्योतिपुञ्ज’

काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले ६० वर्ष उमेर पुगेका सदस्य र संस्था स्थापनादेखि योगदान पुर्याउने सदस्यहरुलाई सम्मान गरी ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम सम्पन्न गरेको हो ।

चालु आर्थिक वर्षमा संस्थाले लिएको नीति तथा कार्यक्रम अनुरुप मुख्य कार्यालयसँगै गोठाटार, कुमारीपाटी र लुभू सेवा केन्द्रका करिब २ सय अग्रज सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका युवा सदस्यले स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी प्रस्तुत गरेका थिए भने बाल बचतकर्ताहरुले आफ्ना अनुभव तथा विशेष किसिमका प्रस्तुतीहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

सदस्यहरुको दुःखमा राहत सहयोग र खुसीको क्षणमा पुरस्कार तथा सम्मान गर्ने नीति लिएको ज्योतिपुञ्जले वित्तीय तथा गैर वित्तीय क्रियाकलाप गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले जानकारी दिए ।

चालु आर्थिक वर्षमा संस्थाले बाल बचतकर्ता, उद्यमी, महिला र अग्रज सदस्यसँग कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम तय गरेको र सोही अनुसार ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम आयोजना गरिएको कार्कीले बताए ।

सम्मानसँगै ज्योतिपुञ्जले संस्थाको वित्तीय अवस्था, संस्थाले आयोजना गर्दै आएको सदस्य केन्द्रीत कार्यक्रम, संस्थाको भावी योजना लगायतका बारेमा अग्रज सदस्यहरुलाई जानकारी गराईएको थियो । अग्रज सदस्यहरुबाट प्राप्त सुझावलाई अनुशरण गर्दै ‘उत्कृष्ट वित्तीय सेवाका लागि सदस्यहरुको पहिलो रोजाईको सुरक्षित साकोस’ को परिकल्पना साकार बनाउ संस्था लागि परेको संस्थाका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए।

संस्थाको नीति तथा कार्यक्रम अन्तर्गत गत माघ ५ गते बाल बचतकर्ताहरुका लागि ‘विद्यार्थी सशक्तिकरण कार्यक्रम’ आयोजना गरेको थियो ।

Advertisment

थप समाचार