Below Menu
Below Menu

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ ।

यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरु विच भएको छलफलले माग संवोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरु स्वगीत गरिएको थियो ।

तर हाल सम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः संचालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ती मार्फत जानकारी गराएको  छ ।

यस्ता छन् विरोधका कार्यक्रमहरु
१.  २०८१/११/१८ गतेदेखि पिडिओ PDQ नउठाउने नबनाउने।
२. २०८१/११/२४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने ।
३. २०८१/१२/०१ गतेदेखि भन्सारबाट बुलेट नछुट्याउने ।
४. २०८१/१२/०७ गतेदेखि उद्योगहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
५. २०८१/१२/११ गतेदेखि डिलरहरुबाट ग्यासको विक्री वितरण बन्द गर्ने ।
 

Advertisment

थप समाचार