स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि (फागुन १८ गते) थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीको एफपीओमा लगानीकर्ताले फागुन २१ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि चैत ३ गतेसम्म लम्बिनेछ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ। 

थप समाचार