काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी गत शुक्रबारर्कै कायम मूल्यमा कारोबार भएको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।