Below Menu

ग्रिन भेन्चर्सको पौने तीन करोड कित्ता शेयरको ‘लक इन’ अवधि चैत २० गते सकिने 

ग्रिन भेन्चर्सको पौने तीन करोड कित्ता शेयरको ‘लक इन’ अवधि चैत २० गते सकिने 

काठमाडौं : ग्रिन भेन्चर्स लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २० गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

Sponsored Advertisement

कम्पनीले २०७८ चैत २० गते बाँडफाँट गरी कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि दुई करोड ८२ लाख १९ हजार ९५० कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको दुई करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयहरुको ३२ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार ७५० कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।


 

थप समाचार