Below Menu
Below Menu

बराह सहकारी ठगी प्रकरण: २१० जना ऋणीसहित २६२ विरुद्ध अभियोगपत्र दर्ता

बराह सहकारी ठगी प्रकरण: २१० जना ऋणीसहित २६२ विरुद्ध अभियोगपत्र दर्ता

काठमाडौं : सुनसरी स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दर्ता भएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋणीहरुलाई पनि प्रतिवादी बिहीबार (फागुन १५ गते) अभियोग पत्र दायर गरेको हो ।

मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ । त्यसैगरी २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमक कसुरमा सजाय माग गरिएको छ । त्यस्तै संस्थाबाट कर्जा प्रवाह भएको पाँच कम्पनीलाई सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ । 

संस्थाका सदस्य शंकर थापा क्षेत्री समेत ४१६८ जनाको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो ।

बिहीबार अभियोग पत्र दायर भएपनि पक्राउ परेकाहरुको आजदेखि अदालतमा बहस सुरु भएको छ ।

Advertisment

थप समाचार