यस्तो छ आज सुनचाँदीको मूल्य 

यस्तो छ आज सुनचाँदीको मूल्य 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी गत शुक्रबारकै कायम मूल्यमा कारोबार भएको हो । आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको थियो । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार