Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफको साढे १५ लाख कित्ता शेयर बिक्रीमा 

सानिमा रिलायन्स लाइफको साढे १५ लाख कित्ता शेयर बिक्रीमा 

काठमाडौ : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साढे १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीले विद्यमान संस्थापक शेयरनीहरुले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । इच्छुक संस्थापक शेयरधनीले फागुन १९ गतेदेखि ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । 

इन्स्योरेन्सको शेयरमूल्य बिक्रेताले तोके बमोजिम हुने हुनेछ । तोकिएको समयमा संस्थापक शेयररधनीबाट शेयर खरिद आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।


 

Advertisment

थप समाचार