Below Menu
Below Menu

राष्ट्रिय सहकारी बैंक र सहकारी मन्त्रालयबीच व्याज अनुदान सम्झौता 

राष्ट्रिय सहकारी बैंक र सहकारी मन्त्रालयबीच व्याज अनुदान सम्झौता 

ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ ।

“कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वित्तीय संस्था/सहकारी संस्थामार्फत व्याज अनुदान कार्यक्रममा सहभागीताका लागि चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ न्युनतम ब्याजदरमा कर्जा परिचालन गर्ने गरि सम्झौता भएको हो ।

सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि  बैंकका तर्फबाट कोशी प्रदेश कार्यालयका प्रमुख प्रभु पोखरेल र  उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तर्फबाट  महाशाखाकी प्रमुख डा. दीपा दिवालीले हस्ताक्षर गरेकी छिन् ।
उक्त रकम बैंकले कोशी प्रदेश अन्तर्गतका शाखाहरूबाट कोशी प्रदेशमा सञ्चालनमा रहेका १४ जिल्लाका कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुमा चालु आर्थिक वर्षमा परिचालन गर्नेछ ।

Advertisment