Below Menu
Below Menu

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि निष्काशन गरेको एफपीओमा लगानीकर्ताले आजसम्म आवेदन दिन सक्नेछन् । 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको हो । एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ

Advertisment

थप समाचार