काठमाडौं : भुजुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित चैत २१ गते साधारणसभा बोलाएको छ । उक्त सभा दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेस बसुन्धरामा बिहान बजे हुने छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाछि छलफल गर्र्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालम समितिबाट नियूक्त गर्ने सञ्चालकलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको नियमावली संशोधन गर्ने, सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा कुनै नियामक निकायहरुबाट संशोधन र परिमार्जन गर्न निर्देशन प्राप्त भएका अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment