Below Menu
Below Menu

शेयर बजारको गिरावट निरन्तर, परिसूचकसँगै खुम्चियो कारोबार 

शेयर बजारको गिरावट निरन्तर, परिसूचकसँगै खुम्चियो कारोबार 

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ६२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १७४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ९६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा समाज लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उपकार लघुवित्त वित्तीय संस्थाको  शेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
 

Advertisment

थप समाचार