काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब ३४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ३३ लाख ९८ हजार १७६ दशलमव १० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment