Below Menu
Below Menu

बलेफी हाइड्रोपावरको ‘लक इन’ अवधि चैत २९ गते सकिने, साढे एक करोड कित्ता शेयर थपिदै 

बलेफी हाइड्रोपावरको ‘लक इन’ अवधि चैत २९ गते सकिने, साढे एक करोड कित्ता शेयर थपिदै 

काठमाडौं : बलेफी हाइड्रोपावर लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २९ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ चैत २९ गते बाँडफाँट गरी कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि एक करोड ६५ लाख २८ हजार ८४९ कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको एक करोड ४६ लाख २३ हजार ७६० कित्ता, आयोजना प्रभावित स्थानीयहरुको १८ लाख २७ हजार ९७० कित्ता र कर्मचारीहरूको ७३ हजार ११९ कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।


 


 

Advertisment

थप समाचार