काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २५.१६ अंकले घटेर २८२१.१३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १० अर्ब ९७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज नबिल डिबेञ्चरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment