Below Menu
Below Menu

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, एक लाख ८४ हजारले पाए १० कित्ता शेयर

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बाँडफाँट, एक लाख ८४ हजारले पाए १० कित्ता शेयर

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको को आइपीओ बाँडफाँट भएको छ। शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

सो शेयरमा कुल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १० हजार ३८६ आवेदन रद्द भएको छ भने बाँकी १८ लाख ६ हजार ७६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

Advertisment

थप समाचार