काठमाडौं : वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ जारी गर्ने, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
Advertisment