Below Menu
Below Menu

नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

नेपाल इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार