सुनको मूल्य बढ्यो, चाँदी स्थिर 

सुनको मूल्य बढ्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार