Below Menu
Below Menu

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित 

आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित 

काठमाडौं : आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौँमा सम्पन्न भएको हो । 

साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको बताए । 

जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने गर्छन । आफुले दुःख गरेर आर्जन गरेको सम्पतीे होस या कुनै व्यवसाय संभावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यमनै निर्जीवन बीमा रहेको भनाई थियो । 

बिगत दुई दशक भन्दा लामो समयदेखि यस आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको छ भने समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पु¥याउदै आईरहेको उनले जानकारी दिए । 

उक्त अवसरमा ढकालले समीक्षा बर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड  रुपैयाँ बीमाशुल्क आर्जन गरेको बताए । जुन गत आबको तुलनामा २.८ प्रतिशतको वृद्धि हो । साथै गत आवमा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । 

सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्षा बर्षमा यस कम्पनीले ३.६३ अर्ब बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले जानकारी गराए ।  

त्यसैगरी कम्पनीले आर्थिक बर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम २९ करोड ४९ लाख ६१ हजार ५ सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए । 

कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनीहरुलाई जानकारी गराए ।

कम्पनीले २७औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । 

यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए । 

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले सातै वटै प्रदेशमा रहेका ६९ वटा शाखा तथा उपशाखा  र १४ वटा सेवा काउण्टरहरु गरी ८३ स्थानमा आफ्नो बलियो उपस्थिती सहित ५०१ जना कर्मचारीहरु रहेको छन भने ४५.७९ प्रतिशत महिला कर्मचारी रहेको, ४०० अभिकर्ताहरु र १९१ सर्भेयरहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जानकारी गराए । 

कम्पनीले गत आर्थिक बर्ष २०७९।०८० मा हासिल गरेको बीमा प्रिमियम रकम रु.३ अरब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी समीक्षा बर्षमा रु.३ अरब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । 

त्यसैगरी नेपाल सरकारलाई गत आबमा विभिन्न कर वापत कूल रु.५९ करोड २८ लाख भुक्तानी गरेकोमा समीक्षा बर्षमा ३५.८० प्रतिशतले वृद्धि गरी रु. ८० करोड ५० लाख राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याएको व्यहोरा शेयरधनी महानुभावहरुलाई जानकारी गराए । 

श्रेष्ठले कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति, नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसंग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारमा विशेष ध्यान दिए। 

नेपाल बीमा प्राधिकरण लगायत कम्पनीको नियमानकारी निकायहरुबाट समय समयमा जारी हुने निर्देशनलाई विषेश महत्वका साथ परिपालन गर्दै कम्पनी अगाडी बढिरहेको छ ।

त्यसै गरी चुक्ता पूंजीको अनुपातमा कम्पनीले बीमा बजारमा आफ्नो स्थानलाई सुरक्षित गर्ने गरी गुणस्तरीय व्यावसायमा विषेश ध्यान दिंदै आएको जसबाट चालु आबमा निर्जीवन बीमा बजारमा कम्पनी चौथो स्थानमा रहेको र यसलाई अझै स्तरोन्नती गर्दै लाने गरी कार्यहरु भईरहेको व्यहोरा समेत जानकारी गराए । 
संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको २७औँ बार्षिक साधारण सभामा भाग लिई अमूल्य सुझावहरु दिने शेयरधनीहरुको आत्मीयता, न्यानो माया र विश्वास प्रति आभार प्रकट गर्दै नेपाल सरकारका विभिन्न निकायहरु, नेपाल बीमा प्राधिकरण लगायत नियमक निकायहरु तथा ग्राहकहरु प्रति धन्यवाद व्यक्त गरे ।
 

Advertisment

थप समाचार