काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा १० अर्ब नौं करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १० अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज एक अर्ब १२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र आईसीएफुसी फाइनान्स डिबेन्चर कम्पनी रहेका छन् । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज उपकार लघुवित्त र सिन्धु विकास बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment