काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले एन आई सी एशिया ग्रोथ फण्डको सूचीकरण खारेज भएको जनाएको छ । एन आई सी एशिया क्यापिटल लिमिटेड व्यवस्थापक तथा डिपोजिटरी रहेको म्युचुअल फण्ड अन्तर्गतको ७ वर्षे बन्दमुखी योजना फागुन २८ गतेबाट परिपक्क हुने भएको छ ।
प्रतिइकाई १० रुपैयाँ अंकित दरको ८ करोड ३५ लाख २० हजार ईकाई ‘एन आई सी एशिया ग्रोथ फण्ड’ परिपक्क हुने लागेसँगै कम्पनीले सामुहिक कोष नियमावली २०६७ अनुसार योजना खारेजी सम्बन्धमा फागुन २६ गते सूचना प्रकाशित गर्न लागेकोले उक्त इक्विटी फण्ड फागुन २६ गतेदेखि लागू हुने गरी सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।
Advertisment