काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाको आवेदन परेको छ । अर्थमन्त्रालयका अनुसार साँझ ५ बजेसम्म योग्यता पुगेका इच्छुक १० जनाले सीईओ नियुक्तीका लागि आवेदन पेश गरेका हुन् ।
अर्थमन्त्रालयका अनुसार सिडिएस एन्ड क्लियरिङ लिमिटेडका पूर्वसीईओ पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुईटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणी चापागाई, बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बस्याल र मुकुन्द राज जोशीले आवेदन दिएका हुन् ।
अर्थ मन्त्रालयले यसअघि फागुन १२ गते एक सूचना प्रकाशित गर्दै फागुन १८ सम्मका लागि दरखास्त आह्वान गरेको थियो । तर, १७ गतेसम्म आवेदन नै नपरेपछि म्याद थप गरेर फागुन २५ अर्थात् आजसम्मको लागि समय बढाइएको थियो
नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघदेखि यो पद रिक्त छ ।

Advertisment