काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म श्रम शक्तिलाई व्यवस्थितगर्न नसकिने बताएका छन् ।
सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा बोल्दै उनले सरकारलेआजको सेवा प्रवाहसँग जोडेर नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन र चलायमान बनाउने सोच्नु पर्ने बताए । उनले भने, `सरकारले आजको सेवा प्रवाहसँग जोडेर नेपालमा नेपालको पुँजी बजारलाई कसरी प्रोत्साहन गर्ने नेपालको पुँजीबजारलाई कसरीचलायमान बनाउने । जबसम्म नेपालको पुँजीबजार चलायमान हुँदैन् तबसम्म नेपालको श्रमशक्तिलाई व्यवस्थित गर्न सकिदैन ।’
त्यस्तै उनले जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना नहुने भन्दै आज उद्योग स्थापना गर्न, त्यसलाई सञ्चालन गर्न जोखिम रचुनौतीपूर्ण बनेको बताए ।
उनले भने,‘जबसम्म उद्योग उद्यमशिलता हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन् । त्यसैले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नु पर्छ । तर एउटाबिडम्बना आजको उद्योग स्थापना गर्न र त्यसलाई सञ्चालन गर्न जोखिम र चुनौती छ ।’
Advertisment