Below Menu
Below Menu

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरमा २० प्रतिशत छुट 

एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरमा २० प्रतिशत छुट 

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नो प्रथम प्राथमिकता दिदै आएको  शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टर बिच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।  

एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्पmत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी एइक् मार्पmत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट, र एक्सरे, यु एस् जी, इ सी जी, र इको गर्दा १० प्रतिशत छुट पाउनु हुनेछ ।

यसका साथै एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन् सेवा मा ५ प्रतिशत छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।

एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ५ ’ख’ वर्गका  बैंक, ११ ’ग’ वर्गका  बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरले ल्याएको यो अफरले माथि उल्लेखित बैंकहरूबाट एससीटी युपिआइ कार्ड लिएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको छ ।

एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलै एससीटी युपिआइ कार्ड लिन सक्नेछन् । 


 

Advertisment

थप समाचार