डडेल्धुरा : परशुराम नगरपालिका-४, कटालस्थित श्री शिर्ष साना किसान कृषि सहकारी संस्थाको कार्यालयबाट रकम चोरी भएको ११ महिनापछि प्रहरीले संस्थाका अध्यक्षसहित कर्मचारीलाई पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा चोरीमा संलग्न व्यक्तिको पहिचान हुन नसकेपछि प्रहरीले अनुसन्धानका क्रममा संस्थाका अध्यक्ष विरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्टसहित पाँच जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२०८० चैत्र २५ गते संस्थाबाट ११ लाख १३ हजार ४९६ रुपैयाँ चोरी भएको भन्दै सहकारी संस्थाका तर्फबाट प्रहरीमा उजुरी परेको थियो । झ्याल फोडेर नगदसहित सीसीटीभी क्यामराको डिभाईस समेत चोरी भएको थियो।
घटनामा सहकारी संस्थाका कर्मचारी र सञ्चालकहरुको समेत मिलोमतो हुनसक्ने आधारहरु देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
Advertisment