Below Menu
Below Menu

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

काठमाडौं : ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै,  कम्पनीका कर्मचारी लागि ५४ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ९० हजार कित्ता शेयर 

बाँकी रहेको १४ लाख ७६ हजार कित्ता साधारण शेयर सर्वसाधारणभा लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। 

कम्पनीको शेयरमा चैत ३ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा चैत १२ गते निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Advertisment

थप समाचार