Below Menu
Below Menu

सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम 

सिटिजन लाइफ र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम 

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई कम्पनीले भोली अर्थात फागुन २८ गते बुकक्लोज गर्दैछन्।

जसअन्ुसार आजसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन लाइफ इन्स्योरेन्सले चैत १५ गते, शुक्रबार,आठौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा  आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्तले लाभांश पारित गर्न चैत १० गते, छैठौँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार