काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा पुगेको हो । सोमबार नेप्से २६.७८ अंकले घटेर २७५१.४२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३२ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा आठ अर्ब ३९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ। आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतले घटेको छ।
Advertisment