काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई कम्पनीले आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार सिटिजन लाइफ इन्स्योरेन्सको २६.९८४१ प्रतिशत बोनसपछिको शेयरमूल्य ५७१.७१ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ७२५.६० रुपैयाँमा भएको थियो ।
त्यस्तै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको शेयरमूल्य १९८९ दशलमव ५० रुपैयाँमा समायोजान भएको छ । संस्थाको अन्तिम कारोबार २२७३ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ ।
Advertisment