Below Menu
Below Menu

जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका उत्पादन र एसेसरीजमा २० प्रतिशतसम्म छुट

जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका उत्पादन र एसेसरीजमा २० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र कुमारी बैंकबीच सम्झौता भएको छ।

नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरुदत्त शर्मा र कुमारी बैंकका तर्फबाट रविन्द्रराज थापाले हस्ताक्षर गरेका छन् । थापा कुमारी बैंकका धुम्बाराही शाखाका प्रमुख हुन् ।

सम्झौता अनुसार जोय स्टोरबाट एप्पलका समान खरिदमा कुमारी बैंकका कर्मचारी तथा ग्राहकहरुले विशेष छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा कुमारी बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई अधिकतम् २० प्रतिशतसम्म छुट पाउनेछन् ।

कुमारी बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए ।

‘छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरुले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ’, उनले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलव्ध गराउनेछ ।’ सम्झौता अनुसार आईफोन, म्याकबुक, एप्पल बाच र एयरपडमा ५ देखि २० प्रतिशतसम्म र एसेसोरिजमा २० प्रतिशत छुट पाईने छ।

जोय स्टोर नेपालमा एप्पलका उप्पादनहरु बिक्री गर्ने आधिकारिक बिक्रेता हो । जसले काठमाण्डौंमा ताम्राका कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध निर्देशक शर्मा ताम्राकार मोबाईल व्यवसायी संघका अध्यक्ष समेत हुन् ।

नेपाली उपभोक्ताहरुलाई एप्पलका जेनुयन उप्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारिक बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए ।

जोय स्टोरले एप्पलका उप्पादनहरु आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसरीजहरु बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आईरहेको एप्पलका मोबाईलहरुमा २ वर्षको वारेन्टी, १ वर्षको इन्सुरेन्स, म्याकबुकमा २ वर्षको वारेन्टी र एयरपडमा समेत २ वर्षको वारेन्टीको सुविधा दिईरहेको प्रबन्ध संचालक शर्माले जानकारी दिए।

Advertisment

थप समाचार