Below Menu
Below Menu

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी तीन जनाले पाए ११ कित्ता 

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, भाग्यमानी तीन जनाले पाए ११ कित्ता 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। शुक्रबार लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा एक करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एक लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो । 

संस्थाको शेयरमा कुल १७ लाख ८० हजार ४५७ जनाले दुई करोड १७ लाख १५ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ६६४ आवेदन रद्द भएको छ भने १७ लाख ७७ हजार ७९५ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५७७ आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। सोमध्ये भाग्यमानी ३ जनाले भने ११ कित्ता शेयर प्राप्त गरेका छन्।


 

Advertisment

थप समाचार