काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । फागुन १३ गते मंगलबार ५०० रुपैयाँले बढेर एक लाख ७१ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।