Below Menu
Below Menu

६८ औं राष्ट्रिय सहकारी दिवसको थीम सार्वजनिक

६८ औं राष्ट्रिय सहकारी दिवसको थीम सार्वजनिक

काठमाडौं : ६८ औं राष्ट्रिय सहकारी दिवसको थीम सार्वजनिक भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सहकारी संघले सहकारी दिवसको नारा सार्वजनिक गरेको हो। 

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई 'राष्ट्रिय सहकारी दिवस' का रूपमा मनाउने परम्परा रहिआएको सबैमा छ ।

नेपालको पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, वि.सं. २०१३ मा स्थापित भएको थियो । यस ऐतिहासिक घटनाले नेपालको सहकारी अभियानलाई संस्थागत गर्ने आधार तयार गरेको थियो । 

सहकारीको अवधारणा अनुसार, सामूहिक आर्थिक उन्नति र सामुहिक कार्यशैली नै सहकारी अभियानको मुख्य उद्देश्य हो ।

यसैलाई मध्यनजर गर्दै, राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा 'मर्यादित सहकारीः समुन्नत समाज' भन्ने मूल थीम तय गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्।

 यस वर्षको थिमले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सुसञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने उनको भनाइ छ। 

महासंघ मुलुकभरका सहकारी संघ-संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८ औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र बर्षभरिका क्रियाकलाप सम्पन्न समेत महासंघले आह्वान गरेको छ ।

करिब ३२,००० भन्दा बढी सहकारी संघ-संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बर्षका रुपमा समेत यो दिवस मनाउन अनुरोध गरेको छ ।

यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघिय सरकारसँग सहकार्य गर्दै यस दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको जनाइएको ।

साथै, सम्पूर्ण सहकारी संघ-संस्थाहरूले सुशासन, मर्यादा तथा प्रतिस्पर्धात्मक क्षमताका आधारमा आफ्नो भूमिका प्रभावकारी बनाउन महासंघको हार्दिक अनुरोध गर्दछ । सहकारी अभियानलाई सुदृढ गर्दै समाजलाई आर्थिक रूपमा सक्षम बनाउने दिगो प्रयासमा सबैको सहभागिताका लागि हार्दिक अपिल गरेको छ।

Advertisment

थप समाचार