ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ऐतिहासिक बिन्दुबाट घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार