Below Menu
Below Menu

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

दोहोरो अंकले घट्यो शेयर बजार, निरन्तर खुम्चिदै कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १७.२८ अंकले बढेर २७३६.३८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा आठ अर्ब २३ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ८.१९ प्रतिशतले बढेको हो । आज ग्रीन डेभलपेमेन्ट बैैंकको शेयरमूल्य ७.९१ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार