काठमाडौं : मैतीदेवी स्थित हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्याम श्रेष्ठ भन्ने सोम प्रसाद श्रेष्ठ पक्राउ परेका छन्।
बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानले शनिबार नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त सिंहदरबारमा पठाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार चितवन रंगिलाका ६३ वर्षिय श्रेष्ठ हाल कामनपा–२९ घट्टेकुलो बस्दै आएका थिए।
संस्थाका ६ जना अझै फरार छन् ।
बचतकर्ताको पैसा फिर्ता नगरी भाग्नेमा सहकारीका सचिव उदयपुर जिल्ला कटारी नगरपालिका-४, का होम प्रसाद निरौला, सहकारीका कोषाध्यक्ष सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका-८, का गणेश अधिकारी छन् ।
यस्तै सहकारीका सञ्चालक समिति सदस्य स्याङजा जिल्ला आँधिखोला गाँउपालिका–३ की ईन्दिरा केसी, सञ्चालक समिति सदस्य काठमाडौं महानगरपालिका–२८ की दिया मास्के, सहकारीका सञ्चालक ओखलढुंगा साबिकको ज्यामिरे गाविस–५ का प्रदिप कुमार खड्का, सहकारीको सञ्चालक काठमाडौं महानगरपालिका-३२, का मनिक रत्न स्थापित र काठमाडौं महानगरपालिका-३३, बस्ने सहकारीका सञ्चालक सिता श्रेष्ठ फरार छन् ।
फरार होम प्रसाद निरौला, गणेश अधिकारी, ईन्दिरा केसी, दिया मास्के, प्रदिप कुमार खड्का, मनिक रत्न स्थापित र सिता श्रेष्ठलेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर गरेको पुष्टि भएको छ । उनीहरुलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन मागदावी लिईएको प्रहरीले जनाएको छ।
Advertisment