सुनको मूल्य स्थिर, चाँदी घट्यो 

सुनको मूल्य स्थिर, चाँदी घट्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुन आइतबार कै मूल्यमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । 

थप समाचार