काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० बिन्दुमा पुगेको हो । आइतबार नेप्से २१.६३ अंकले घटेर २७१४.८५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा पाँच अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज हिमालयन रिइन्स्योरेन्स कम्पनीेको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा राप्ती हाइड्रो एण्ड डेभलपमेन्ट कन्ट्रक्सन कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको हो । आज महालक्ष्मी विकास बैैंकको शेयरमूल्य ५.६३ प्रतिशतले घटेको छ ।
Advertisment