काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । चैत १ गते शुक्रबार प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।